कास्कीमा फरार ८६ जना अभियुक्त पक्राउ, चेक अनादरमा मात्रै ५२ जना
कनु मुद्धामा कति ?
पाेखरा | भदौ ३१, २०८१
पोखरा: कास्की प्रहरीले विभिन्न मुद्धामा दोषी करार भएका फरार ८६ जना अभियुक्तहरुलाई पक्राउ गरेको छ ।
भदौं महिनाभर कास्की जिल्ला अदालतबाट दोषी ठहर भएका ६३ जना पुरुष र २३ जना महिलालाई पक्राउ गरी अदालत बुझाइएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट पक्राउ गरिएको थियो ।
उनीहरुबाट ८ वर्ष १० महिना १ दिन कैद सजाय र रु.४६,४२,९०० (छ्यालिस लाख बयालिस हजार नौ सय) जरिवाना असुल गर्नका लागि अदालतमा उपस्थित गराइएको उनले बताए ।
कनु मुद्धामा कति ?
१. चेक अनादार मुद्दामा – ५२ जना
२. लागू औषध मुद्दामा – ९ जना
३. चोरी सम्बन्धी मुद्दामा – १ जना
४. अपहरण तथा शरिर बन्धक मुद्दमा – १ जना
५. हातहतियार तथा खरखजना मुद्दामा – १ जना
६. नागरिकता तथा छाप दस्तखत किर्ते मुद्दामा– १ जना
७. राष्ट्रिय वन क्षेत्रमा रुख कटान गरी फडानी गरेको मुद्दामा – २ जना
८. बाल यौन दुरुपयोग मुद्दामा – २ जना
९. बैंकिङ कसूर मुद्दामा – ६ जना
१०. अभद्र व्यवहार मुद्दामा – ३ जना
११. लेनदेन मुद्दामा – ३ जना
१२. सवारी ज्यान मुद्दामा –२ जना
१३. जालसाझी मुद्दामा – ३ जना
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...
अन्र्तराष्ट्रिय: नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

